प्रकृति लम्साल मृत्यु प्रकरण : अभियुक्त श्रीवास्तव धरौटीमा छुटे

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् । भुवनेश्वरस्थित जे.एम.एफ.सी. (COG TAKING–II) अदालतले मे २० मा दिएको आदेशअनुसार श्रीवास्तव १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा भएका हुन् । तर, हालै मात्र यसबारे खबर […]

Jun 14, 2025 - 06:29
 0
प्रकृति लम्साल मृत्यु प्रकरण : अभियुक्त श्रीवास्तव धरौटीमा छुटे

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् ।

भुवनेश्वरस्थित जे.एम.एफ.सी. (COG TAKING–II) अदालतले मे २० मा दिएको आदेशअनुसार श्रीवास्तव १ लाख भारतीय रुपैयाँ धरौटीमा रिहा भएका हुन् । तर, हालै मात्र यसबारे खबर बाहिरिएको हो ।

अदालतले श्रीवास्तवलाई केही सर्तसहित रिहा गर्न आदेश दिएको छ । ती सर्तहरू –

  • धरौटीमा रहँदा उनले कुनै पनि आपराधिक गतिविधिमा संलग्न हुन नपाउनेछन्।
  • उनले मुद्दाका साक्षीहरूलाई डर देखाउने वा धम्क्याउने कार्य गर्न पाउँदैनन् ।
  • प्रत्येक पेसीको मितिमा अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ।
  • मुद्दाको टुंगो नलागेसम्म दुई–दुई महिनामा एकपटक इन्फोसिटी प्रहरी कार्यालय (IIC, Infocity P.S.) मा उपस्थित भएर जानकारी दिनुपर्नेछ।

प्रत्येक पेसीको मितिमा अदालतमा उपस्थिति प्रमाणित गर्नु अनिवार्य रहने आदेशमा उल्लेख छ । उक्त आदेश इन्फोसिटी प्रहरी कार्यालयलाई कारबाहीका लागि पठाइएको छ।

किट विश्वविद्यालय : सामन्तको कालो साम्राज्य, चार वर्षमा चार विद्यार्थीले गुमाए ज्यान

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register