विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न मानेन

गभर्नरका लागि चर्चामा आएका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । डा. पौडेलको गभर्नरका लागि योग्यता नपुग्ने दाबीका साथ अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले सो रिट दरपिठ गरिदिएको हो । सत्तारुढ दल कांग्रेसको प्रस्तावमा डा. पौडेल गभर्नर बन्ने तयारीम […]

May 16, 2025 - 07:34
 0
विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न मानेन

गभर्नरका लागि चर्चामा आएका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।

डा. पौडेलको गभर्नरका लागि योग्यता नपुग्ने दाबीका साथ अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले सो रिट दरपिठ गरिदिएको हो ।

सत्तारुढ दल कांग्रेसको प्रस्तावमा डा. पौडेल गभर्नर बन्ने तयारीम छन् । उनको नाममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटेपछि उनले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए ।

राष्ट्र बैंकमा एक महिनादेखि गभर्नर पद रिक्त छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register