फेरि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर अझै घटेको छ । असारका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले जेठको तुलनामा ब्याजदर थप घटाएका हुन् ।  जेठ महिनाको तुलनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.०५ प्रतिशतबिन्दुले घटेर ५.९०२ प्रतिशतबिन्दुमा झरेको छ । यसअघि जेठमा बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशतबिन्दु थियो । […]

Jun 15, 2025 - 03:47
 0
फेरि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर अझै घटेको छ । असारका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले जेठको तुलनामा ब्याजदर थप घटाएका हुन् । 

जेठ महिनाको तुलनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.०५ प्रतिशतबिन्दुले घटेर ५.९०२ प्रतिशतबिन्दुमा झरेको छ । यसअघि जेठमा बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशतबिन्दु थियो ।

असार महिनामा २० मध्ये १५ वाणिज्य बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, ५ वाणिज्य बैंक (कृषि विकास बैंक, कुमारी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक) ले भने असारमा ब्याजदर घटाएका छन् ।

पछिल्लो एक वर्षदेखि बैंकहरुको ब्याजदर निरन्तर घटिरहेको छ । तर, ब्याजदर तल्लो बिन्दुमा आइपुग्दा पनि बैंकमा तरलता थुप्रिरहेको छ भने कर्जा प्रवाह बढ्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register