सोमबार १०.९८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Feb 10, 2025 - 09:33
 0
सोमबार १०.९८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिपब्लिक मिडिया लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ४४ लाख ७८ हजार ९९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आजको बजारमा बोटलर्स नेपाल बालाजुसहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register