‘मुख्य आरोपित गृहमन्त्री होइनन्, राजिनामा दिनु पर्दैन’- सांसद जबरा 

काठमाडौँ । नेपाली काँग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।  उनले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानविन गरी स्पष्ट […]

Jun 15, 2025 - 13:35
 0
‘मुख्य आरोपित गृहमन्त्री होइनन्, राजिनामा दिनु पर्दैन’- सांसद जबरा 

काठमाडौँ । नेपाली काँग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् । 

उनले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानविन गरी स्पष्ट पार्ने बताएका छन् । मुख्य आरोपित गृहमन्त्री नभइ सहसचिव भएकाले गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको उनको भनाई छ । 

‘छानविन अख्तियारले सुरु गर्नुपर्छ । मुख्य आरोपित गृहमन्त्री होइनन्, सहसचिव हुन् । सहसचिव गृह मन्त्रालय अन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ । तर जोडिएको छ की छैन भनेर पुष्टि नभइ गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन ।’, उनले भने, ‘केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्दथ्यो ।’

त्यस्तै, सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने समेत बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register