आइतबार ३.४४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर खरिद बिक्री हुँदा रू.९ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

May 4, 2025 - 11:01
 0
आइतबार ३.४४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर खरिद बिक्री हुँदा रू.९ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register