प्रभु बैंकका ग्राहकलाई होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेड र होटल हिमालय सेरेन भ्युबीच छुट सम्झौता भएको छ । पोखरा महानगरपालिका वडा नं ३१, बेगनासतालस्थित उक्त होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि.का तर्फबाट […]

Jun 15, 2025 - 13:47
 0
प्रभु बैंकका ग्राहकलाई होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेड र होटल हिमालय सेरेन भ्युबीच छुट सम्झौता भएको छ । पोखरा महानगरपालिका वडा नं ३१, बेगनासतालस्थित उक्त होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register