सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर, २ असार । इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असार १ गते साँझ इलामको इलाम नगरपालिका-११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार [...] The post सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 16, 2025 - 07:03
 0
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर, २ असार । इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

असार १ गते साँझ इलामको इलाम नगरपालिका-११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई-९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको BNC अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ ।

यसैगरी असार १ गते राती मोरङको ग्रामथान गाउँपालिका-५ तेतरीया स्थित घिनाघाट सडक खण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाईकल आफै अनिन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार ग्रामथान-४ का २२ बर्षीय सुरज सरदारको उपचारको क्रममा बिराट नर्सिङ होम अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २० बर्षीय दिवेश सरदार र पछाडी सवार १९ बर्षीय राजु उरावँको सोही अस्पतालमा उपचार भई रहेको छ ।

The post सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register