क्लब विश्वकप : दोस्रो खेलमै बन्यो कीर्तिमान

काठमाडौं । अमेरिकामा जारी क्लब विश्वकप फुटबलमा हालसम्म पाँच खेलमात्र सकिएका छन् । तर यस बीचमा विश्व फुटबल महासंघको (फिफा) विश्व कीर्तिमान बनेको छ । जारी क्लब विश्वकपको दोस्रो खेलमै यो कीर्तिमान बनेको हाे । जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्डमाथि १०–० गोलअन्तरले हराउँदा विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनेको छ । ईएसपीएन ग्लोबल रिसर्चका अनुसार– […]

Jun 16, 2025 - 10:14
 0
क्लब विश्वकप : दोस्रो खेलमै बन्यो कीर्तिमान

काठमाडौं । अमेरिकामा जारी क्लब विश्वकप फुटबलमा हालसम्म पाँच खेलमात्र सकिएका छन् । तर यस बीचमा विश्व फुटबल महासंघको (फिफा) विश्व कीर्तिमान बनेको छ ।

जारी क्लब विश्वकपको दोस्रो खेलमै यो कीर्तिमान बनेको हाे । जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्डमाथि १०–० गोलअन्तरले हराउँदा विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनेको छ ।

ईएसपीएन ग्लोबल रिसर्चका अनुसार– यो नतिजा फिफाद्वारा आयोजना गरिएको कुनै पनि सिनियर पुरुष प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो हार रहेको हाे ।

क्लब विश्वकप सन् २००० मा सुरु भएको हो । यसअघि अहिलेसम्मको सबैभन्दा खराब नतिजा सन् २००२ मा अल हिलालको अल जजिरासँग ६–१ को हार थियो ।

फिफा विश्वकप इतिहास (सन् १९३० देखि)मा पनि धेरै एकतर्फी खेल देखिएका छन्, तर अहिलेसम्म कुनैपनि खेल १० गोल अन्तरले हारिएको थिएन हंगेरीविरुद्ध एल साल्भाडोर १०–१ (१९८२), युगोस्लाभियाविरुद्ध जायरे ९–० (१९७४) र हंगेरीविरुद्ध दक्षिण कोरिया ९–० (१९५४) विश्वकप इतिहासका केही ठूला हार हुन् ।

आइतबारदेखि सुरु भएको क्लब विश्वकपमा हालसम्म पाँच खेल भएका छन् । उद्घाटन खेलमा आयोजक अमेरिकी क्लब इन्टर मायमी र इजिप्टको क्लब अल अह्लीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै च्याम्पियन्स लिग विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४–० को फराकिलो अन्तरले हरायो ।

यसैगरी ब्राजिलियन क्लब पल्मेरियस र पोर्चुगिज क्लब पोर्टोबीचको खेल गोलरहित बराबरीमा सकियो । यता अर्को ब्राजिलियन क्लब बोटाफोगोले अमेरिकी क्लब सेटे साउन्डर्सलाई २–१ ले हराएको छ ।

क्लब विश्वकपमा जम्मा ३२ टोलीको सहभागिता छ । जम्मा ६३ खेल हुनेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register