इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। इजरायलसँगको तनावका बीच, इरानले इजरायलका लागि जासुसी गरेको’ आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । यो जानकारी इरानको न्यायपालिकाले दिएको बीबीसीको समाचारमा उल्लेख छ । न्यायपालिकाका अनुसार पूर्ण अदालती प्रक्रिया पूरा गरेपछि यो निर्णय लागू गरिएको छ। इरानी न्यायपालिकासँग सम्बन्धित […]

Jun 16, 2025 - 12:02
 0
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

इजरायलसँगको तनावका बीच, इरानले इजरायलका लागि जासुसी गरेको’ आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

यो जानकारी इरानको न्यायपालिकाले दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

न्यायपालिकाका अनुसार पूर्ण अदालती प्रक्रिया पूरा गरेपछि यो निर्णय लागू गरिएको छ।

इरानी न्यायपालिकासँग सम्बन्धित समाचार प्रदान गर्ने एजेन्सी मिजानका अनुसार इस्माइल फेकरीलाई डिसेम्बर २०२३ मा पक्राउ गरिएको थियो।

न्यायपालिकाका अनुसार फेकरीलाई इजरायलको गुप्तचर एजेन्सी मोसादलाई सहयोग गरेको आरोप लगाइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register