एक करोडसम्म तिरेर पुगे, हत्कडी र चेनमा बाँधिएर फर्किए अमेरिकाबाट आठ जना

झापा, २२ फागुन । अमेरिकाबाट बुधबार डिपोर्ट भएर काठमाडौँ ल्याइएका आठ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको [...] The post एक करोडसम्म तिरेर पुगे, हत्कडी र चेनमा बाँधिएर फर्किए अमेरिकाबाट आठ जना appeared first on Jhapa Online.

Mar 6, 2025 - 00:45
 0
एक करोडसम्म तिरेर पुगे, हत्कडी र चेनमा बाँधिएर फर्किए अमेरिकाबाट आठ जना

झापा, २२ फागुन । अमेरिकाबाट बुधबार डिपोर्ट भएर काठमाडौँ ल्याइएका आठ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ ।

डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन । बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो ।

उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।

उनीहरू लाखौँ खर्चेर अमेरिका पुगेका थिए । काठमाडौँबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुगेका हुन् । उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि १ करोडसम्म खर्च गरेका छन् । कसैले ४० लाख, कसैले ६५ लाख पनि खर्च गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

The post एक करोडसम्म तिरेर पुगे, हत्कडी र चेनमा बाँधिएर फर्किए अमेरिकाबाट आठ जना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register