म्याक्रोनमाथि ट्रम्पको टिप्पणी : सधैँ गलत कुरा बोल्ने व्यक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘सधैँ गलत कुरा बोल्ने व्यक्ति’ भएको आरोप लगाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत् म्याक्रोनलाई ’प्रचार खोज्ने’ व्यक्तिको रूपमा वर्णनसमेत गरेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एक दिनअघि जी–७ शिखर सम्मेलनबाट ट्रम्पको फिर्तालाई ’इरान र इजरायल बीचको युद्धविराम’सँग जोडेका थिए । यसैको जवाफ दिँदै ट्रम्पले म्याक्रोनको […]

Jun 17, 2025 - 09:52
 0
म्याक्रोनमाथि ट्रम्पको टिप्पणी : सधैँ गलत कुरा बोल्ने व्यक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘सधैँ गलत कुरा बोल्ने व्यक्ति’ भएको आरोप लगाएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत् म्याक्रोनलाई ’प्रचार खोज्ने’ व्यक्तिको रूपमा वर्णनसमेत गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एक दिनअघि जी–७ शिखर सम्मेलनबाट ट्रम्पको फिर्तालाई ’इरान र इजरायल बीचको युद्धविराम’सँग जोडेका थिए ।

यसैको जवाफ दिँदै ट्रम्पले म्याक्रोनको भनाइ गलत भएको बताएका हुन् ।

‘सधैँ प्रचार खोज्ने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भनेछन्– म क्यानडामा भएको जी–७ शिखर सम्मेलन छोडेर इजरायल र इरानबीच ’युद्धविराम’ गराउन वासिङ्टन डीसी फर्किरहेको छु । यो गलत हो,’ उनले भनेका छन्, ‘म वासिङ्टन फर्किनुको युद्धविरामसँग कुनै सम्बन्ध छैन । जानाजानी होस् वा अन्जानमा, म्याक्रोनले सधैँ गलत कुरा बोल्छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register