विनय खाेलामा बाढीले डाइभर्सन डुबायो, यातायात अवरुद्ध

नवलपरासी।  पूर्वी नवलपरासीकाे विनय खाेलामा आएकाे बाढीले डाइभर्सन डुबाउँदा पूर्व पश्चिमकाे यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालका अनुसार मंगलबार बिहान ४ बजेपछि भारी वर्षादका कारण खाेलामा पानीकाे सतह बढ्न गई  डाइभर्सन डुबाएको हाे । पूर्व पश्चिम मुख्य राजमार्गको डाइभर्सन डुवेपछि साना सवारीलाई उत्तर हाेङ्सी गेटकाे मार्ग […]

Jun 17, 2025 - 09:48
 0
विनय खाेलामा बाढीले डाइभर्सन डुबायो, यातायात अवरुद्ध

नवलपरासी। 

पूर्वी नवलपरासीकाे विनय खाेलामा आएकाे बाढीले डाइभर्सन डुबाउँदा पूर्व पश्चिमकाे यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालका अनुसार मंगलबार बिहान ४ बजेपछि भारी वर्षादका कारण खाेलामा पानीकाे सतह बढ्न गई  डाइभर्सन डुबाएको हाे ।

पूर्व पश्चिम मुख्य राजमार्गको डाइभर्सन डुवेपछि साना सवारीलाई उत्तर हाेङ्सी गेटकाे मार्ग हुँदै आउ जाउ गराईएकाे प्रहरीले जनाएकाे छ ।

ठूला र मालबाहक सवारी भने खाेलामा बाढीकाे सतह घट्ने र डाइभर्सन खुल्ने आशमा पश्चिम दुम्कीबास बजार र पूर्वमा अरूणखाेला जंगल क्षेत्रमा खडा रहेकाे बताईएकाे छ ।

विनयी खाेलाकाे पुरानाे फलामे पुल अत्यधिक भार बाेकेकाे सवारीका कारण भाँचिए पछि मर्मत हुन सकेकाे छैन भने नयाँ पुल निर्माणकै चरणमा रहेकाे एक स्थानीयले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register