लक्ष्मी सनराइज बैंकबाट ‘फोन लोन’ लिएर ५० ऋणी फरार, ३५ दिनभित्र सम्पर्कमा नआए कालोसूचीमा राखिने !  

काठमाडौँ । लक्ष्मी सनराइज बैंकबाट ‘फोन लोन’ लिएर ५० ऋण फरार भएका छन् । बैंकबाट ‘फोन लोन’ लिएर साँवा र ब्याज नतिरी ५० जना ऋणी फरार भएका हुन् । पटकपटक सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा नआएको बैंकले जनाएको छ ।  ऋण तिर्नका लागि ताकेता गर्दा पनि सम्पर्कमै नआएपछि बैंकले ५० जना ऋणीहरुलाई बैंकबाट लिएको […]

Jun 18, 2025 - 08:53
 0
लक्ष्मी सनराइज बैंकबाट ‘फोन लोन’ लिएर ५० ऋणी फरार, ३५ दिनभित्र सम्पर्कमा नआए कालोसूचीमा राखिने !  

काठमाडौँ । लक्ष्मी सनराइज बैंकबाट ‘फोन लोन’ लिएर ५० ऋण फरार भएका छन् । बैंकबाट ‘फोन लोन’ लिएर साँवा र ब्याज नतिरी ५० जना ऋणी फरार भएका हुन् । पटकपटक सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा नआएको बैंकले जनाएको छ । 

ऋण तिर्नका लागि ताकेता गर्दा पनि सम्पर्कमै नआएपछि बैंकले ५० जना ऋणीहरुलाई बैंकबाट लिएको ‘फोन लोन’ तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । 

ऋणीहरुको तीन पुस्ते सार्वजनिक गर्दै बैंकले ३५ दिनभित्र बैंकको सम्पर्क आउन र ऋण तिर्न भनेको छ । ऋणीहरुलाई दिइएको ३५ दिनभित्र पनि साँवा, ब्याज र जरिवाना नतिरे कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने बैंकले चेतावनी दिएको छ । 

त्यस्तै, बैंकले ऋणीलाई कालोसूचीमा राख्नुका साथै ऋण असुलीका लागि कानूनी कारबाही अघि बढाउने र कर्जा रकम असुल गर्ने चेतावनी दिएको छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register