बागमतीका मेयर थापालाई विशेष अदालतले तीन लाख धरौटी माग्यो

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले बुधवार तीन लाख रुपैयाँ धरौटी मागेको छ । न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणको मुद्दामा थापालाई यो आदेश दिएको हो । बुधबार भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी मागेको अदालतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३ […]

Jun 18, 2025 - 12:53
 0
बागमतीका मेयर थापालाई विशेष अदालतले तीन लाख धरौटी माग्यो

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले बुधवार तीन लाख रुपैयाँ धरौटी मागेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणको मुद्दामा थापालाई यो आदेश दिएको हो ।

बुधबार भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी मागेको अदालतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३ गते थापाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो । यो मुद्दामा थापासँगै उपमेयर लीलाकुमारी मोक्तान र मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८आठजना अभियुक्त थिए ।

थापाविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको यो तेस्रो मुद्दा हो । उनीविरुद्ध अन्य दुई मुद्दा अझै विशेष अदालतमा विचाराधीन अवस्थामा रहेका छन् ।

गएको सोमबार मात्र जिल्ला अदालत सर्लाहीमा वन मुद्दामा पनि थापा धरौटी खुलाएको थियो । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटी मागेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register