प्रचण्डको आरोप – सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै वर्तमान सरकार बिचौलियाको नियन्त्रणमा रहेको आरोप लगाएका छन् । प्रचण्डले सरकारको ‘दुई तिहाइको घोडा’ लाई बिचौलियाले दौडाइरहेको आरोप लगाए । “पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति भनिदिनोस्, जसका पछाडि बिचौलिया छैन,” प्रचण्डले भने । उनले सरकारका […]

Mar 11, 2025 - 08:36
 0
प्रचण्डको आरोप – सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै वर्तमान सरकार बिचौलियाको नियन्त्रणमा रहेको आरोप लगाएका छन् ।

प्रचण्डले सरकारको ‘दुई तिहाइको घोडा’ लाई बिचौलियाले दौडाइरहेको आरोप लगाए । “पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति भनिदिनोस्, जसका पछाडि बिचौलिया छैन,” प्रचण्डले भने ।

उनले सरकारका संयन्त्र, समिति र बैठकहरूलाई “नौटङ्की” भन्दै सत्ताको “ड्राइभिङ सिटमै आज बिचौलिया” रहेको जिकिर गरेका हुन् । प्रचण्डका अनुसार यस्तो अवस्थाले “इमान्दार व्यवसायीलाई विचलित बनाएको छ ।”

प्रमुख प्रतिपक्षी दलका नेताले वर्तमान सरकार “ठूलो राजनीतिक बलमिचाइ र संविधानको अवहेलनाबाट” बनेको पनि आरोप लगाए । उनले यसलाई “लोकतन्त्रको सिधा अवहेलना” बताउँदै “सङ्ख्याको अहङ्कार” र “शक्तिको दुरुपयोग” भएको दाबी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register