भैरहवामा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु

बुटवल । रुपन्देहीमा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्कमा रहेको स्वीमिङ पुलमा डुबेर एक जना भारतीय किशोरको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । अन्सारी बुधबार […]

Jun 18, 2025 - 13:02
 0
भैरहवामा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु

बुटवल । रुपन्देहीमा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका-१ भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्कमा रहेको स्वीमिङ पुलमा डुबेर एक जना भारतीय किशोरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

डुबेर घाइते भएका उनलाई उपचारका लागि भिम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । यस विषयमा मृतकको परिवारलाई भैरहवा बोलाइ थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register