अमेरिका र रुसबीचको ‘युक्रेन शान्ति वार्ता’ सकारात्मक रुपमा अघि बढिरहेको छ – ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई सकारात्मक रुपमा अघि बढिरहेको बताएका छन् । ट्रम्पले शान्ति वार्ताका बारे आफू पहिलेभन्दा ’बढी विश्वस्त’ भएको बताएका हुन् । ‘हरेक हप्ता हजारौं सैनिकहरू मारिएका छन् । यो मूर्खतापूर्ण छ । रुस केही गर्न चाहन्छ । तिनीहरू […]

Feb 19, 2025 - 03:04
 0
अमेरिका र रुसबीचको ‘युक्रेन शान्ति वार्ता’ सकारात्मक रुपमा अघि बढिरहेको छ – ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई सकारात्मक रुपमा अघि बढिरहेको बताएका छन् ।

ट्रम्पले शान्ति वार्ताका बारे आफू पहिलेभन्दा ’बढी विश्वस्त’ भएको बताएका हुन् ।

‘हरेक हप्ता हजारौं सैनिकहरू मारिएका छन् । यो मूर्खतापूर्ण छ । रुस केही गर्न चाहन्छ । तिनीहरू बर्बरता रोक्न चाहन्छन्,’ उनले भने, ‘यो अर्थहीन युद्ध हो । हामी पनि यसको अन्त्य चाहन्छौं र यदि म अघिल्लो कार्यकाल पनि राष्ट्रपति निर्वाचित भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन ।’

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच मंगलबार साउदी अरेबियामा शान्ति वार्ता भएको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने वर्तामा आफूलाई समावेश नगरिएकोमा असन्तुष्टि पोखेका छन् ।

‘हामी सबै पारदर्शिता चाहन्छौं, ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस् । हामीलाई रुस–अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन । अरु सबैजस्तै, यो हाम्रा लागि पनि आश्चर्यको कुरा थियो । हामीले मिडियाबाट यसको बारेमा थाहा पायौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register