अदालतले रोक्यो नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनमा उच्च अदालत पाटनले रोक लगाएको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन […]

Jun 18, 2025 - 13:05
 0
अदालतले रोक्यो नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनमा उच्च अदालत पाटनले रोक लगाएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

यस निर्णयविरुद्ध पाण्डेले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले काठमाडौं महानगर, मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं, महानगरीय प्रहरी बल, हालका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register