त्रिविको १० वटा सेवा अनलाइनबाटै हुने, घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्दै !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा असार १५ गतेदेखि अनलाइनबाटै सुरु हुने भएको हो। त्रिवि रजिष्ट्रेशन आवेदन फर्म , परीक्षा आवेदन फर्म, ट्रान्सक्रिप्ट आवेदन फर्म, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागी आवेदन फर्म, शैक्षिक कागजात सच्चाउने फर्म, विभिन्न […]

Jun 20, 2025 - 11:23
 0
त्रिविको १० वटा सेवा अनलाइनबाटै हुने, घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्दै !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा असार १५ गतेदेखि अनलाइनबाटै सुरु हुने भएको हो।

त्रिवि रजिष्ट्रेशन आवेदन फर्म , परीक्षा आवेदन फर्म, ट्रान्सक्रिप्ट आवेदन फर्म, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागी आवेदन फर्म, शैक्षिक कागजात सच्चाउने फर्म, विभिन्न सिफारीस पत्रहरु, प्रमाणपत्रहरुको प्रमाणिकरण, प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट जस्ता सेवाहरू अब अनलाइनबाटै सुरु हुने भएका छन्।

पछिल्लो समय परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौसम्म लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो । यो सेवा  सुरूभएसँगै विध्यार्थीहरू घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता हट्ने भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register