लेखापरीक्षण प्रतिवेदन नबुझाउने ३७ दललाई कारवाही गर्ने तयारी ! 

काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारवाही गर्ने तयारी गरेको छ । आयोगमा कायम रहेका १२१ दलहरुमध्ये लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने ३२ दललाई आयोगले कारवाही गर्ने तयारी गरेको हो ।  आयोगका अनुसार हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित ८९ दलले मात्रै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् । बाँकी ३२ […]

Mar 5, 2025 - 08:38
 0
लेखापरीक्षण प्रतिवेदन नबुझाउने ३७ दललाई कारवाही गर्ने तयारी ! 

काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारवाही गर्ने तयारी गरेको छ । आयोगमा कायम रहेका १२१ दलहरुमध्ये लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने ३२ दललाई आयोगले कारवाही गर्ने तयारी गरेको हो । 

आयोगका अनुसार हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित ८९ दलले मात्रै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् । बाँकी ३२ दलले अहिलेसम्म पनि लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । 

यसो त आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरुले अनिवार्य रुपमा आयव्ययसहितको लेखापरीक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्छ । तर, आर्थिक वर्ष सकिएको ८ महिना बित्दा पनि ३२ दलले भने लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । यी दललाई जरिवानासहितको कारवाही गर्ने तयारी आयोगले अघि बढाएको छ ।

हालसम्म आयोगमा प्राप्त दलहरुको लेखापरीक्षण प्रतिवेदन अनुसार नेकपा एमाले सबैभन्दा धनी देखिएको छ । गत आर्थिक वर्षमा नेकपा एमालेले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने ७ करोड रुपैयाँ बचत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register