ठगी आरोपमा नापी अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी 

रौतहट ।  ठगी गरेको आरोपमा नापी कार्यालयका एक अधिकृतसहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ । इलाका प्रहरी कार्यालय गरुडाले जग्गा सम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा अनुसन्धानका लागि नापी कार्यालय डिल्लीबजार काठमाण्डौका नापी अधिकृत सञ्जय साह, दुर्गाभगबती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साह, काठमाडौँ नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र उनको छोरा धिरज […]

Jun 21, 2025 - 10:29
 0
ठगी आरोपमा नापी अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी 

रौतहट । 

ठगी गरेको आरोपमा नापी कार्यालयका एक अधिकृतसहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ । इलाका प्रहरी कार्यालय गरुडाले जग्गा सम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा अनुसन्धानका लागि नापी कार्यालय डिल्लीबजार काठमाण्डौका नापी अधिकृत सञ्जय साह, दुर्गाभगबती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साह, काठमाडौँ नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र उनको छोरा धिरज श्रेष्ठलाई जिल्ला अदालत गौरबाट पक्राउ पुर्जी जारी गरेको हो ।

 उनीहरुलाई पक्राउ गर्न जिल्ला अदालत गौरबाट ज्येष्ठ १३ गते इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ पुर्जी अनुमति लिएको हो । आफूमाथि पक्राउ पुर्जी जारी भएपछि पक्राउ पर्ने डरले नापी कार्यालय डिल्लीबजार काठमाण्डौमा कार्यरत नापी अधिकृत सञ्जय साह बिदा लिएर सम्पर्क बिहीन बनेको खुल्न आएको छ । 

०७८ सालमा नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहेको  समयमा नापी अधिकृत साह र चौधरीबीच चिनजान भएको थियो । नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहेको समयमा नापी अधिकृत साहले अकुत धन आर्जन गरेको समेत आरोप रहेको थियो । रौतहटको गरुडा नगरपालिका ६ पोठियाही निबासी संतोष कुमार चौधरीले नापी कार्यालय डिल्लीबजार काठमाण्डौमा कार्यरत नापी अधिकृत सञ्जय साहसंग संयुक्त  लगानीमा काठमाडौँ नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठको नाममा रहेको सर्लाही हरिपुर नगरपालिका वडानम्बर ७ को कितानम्बर ७७३ को ११ कटठा १४ धुर जमिन खरिद गर्दा नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन पास गरेपनि उनले ०८०÷०८१ मा चौधरीलाई थाहैनदिकन सो जमिन चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोपमा उनीसहित  चार जनालाई पक्राउ पुर्जी जारी भएको हो ।

 सो जमिन खरिद गर्न चौधरीले जग्गाधनी विमला श्रेष्ठ र उनका छोरा धीरज श्रेष्ठलाई पटक पटक गरी १ करोड ४ लाख बुझाएको र सो जमिनमा माटो भर्ने लगायतका कार्य गर्दा १ करोड ४३ लाख ५० हजार खर्चेको पीडित सन्तोष चौधरीको भनाई रहेको छ । साझेदारी लगानीमा उक्त जमिन २ करोडमा खरिद गरिएको थियो । बाँकी  रकम जग्गा धनीलाई नापी अधिकृत साहले बुझाएर  आफनै नाममा पास गरेका थिए । आफू ठगिएपछि नापी अधिकृत साह बाट सावा र ब्याज गरी १ करोड ४० लाख रुपैयाँ फिर्ता गराईदिने भन्दै दुर्गाभगबती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साहले दश लाख अनधिकृत रुपमा लिएको भन्दै पीडित चौधरीले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता  गराएपछि उनीमाथी पनि पक्राउ पुर्जी जारी भएको हो ।

 पक्राउ पुर्जी जारी भएपछि साहले भने दश लाख रुपैयाँ पीडितलाई फिर्ता गरिसकेका छन । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार जग्गा खरिद बिक्रीमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएकाको खोजी कार्य भइरहेको छ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register