पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : काङ्ग्रेस

काठमाडौं । नेपाली काङ्ग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकमा शुक्रबार काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकहरूले हिङ्सात्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो । बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए । […]

Mar 30, 2025 - 03:10
 0
पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : काङ्ग्रेस

काठमाडौं । नेपाली काङ्ग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकमा शुक्रबार काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकहरूले हिङ्सात्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए । उनले आक्रमण गर्ने स्थान नै घोषणा गरेर तोडफोड र अराजकता सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने सम्बन्धमा छलफल भएको उल्लेख गरे ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भएको बैठकले हिङ्सा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई अविलम्ब कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने काङ्ग्रेको निष्कर्ष

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register