विपद् व्यवस्थापनका लागि चौबीसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे सोमबार जानकारी लिँदै उनले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिए । गृहमन्त्री लेखकले भने, ‘विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य […]

Jun 2, 2025 - 13:55
 0
विपद् व्यवस्थापनका लागि चौबीसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे सोमबार जानकारी लिँदै उनले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिए ।

गृहमन्त्री लेखकले भने, ‘विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।’

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी)को एउटा शाखा राख्नसमेत आग्रह गरे ।

‘यस्तो शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा छिटो काम गर्न मद्दत पुग्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढी मनसुन हुने अनुमान गरिएकाले सोहीअनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । बढी जोखिम देखिएका ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्ने उनको भनाइ थियो । ‘कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो कमजोरी भयो भन्ने अवस्था आउनुभएन । चौबीसै घण्टा तयारी अवस्थामा रहनुपर्यो,’ उनले थपे ।

छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृत जानकारी दिएको थियो । सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरूले समेत विद्युतीय माध्यमबाट आ–आफ्नो क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register