भिजिट भिसा प्रकरण : राप्रपाको संसद् बहिष्कार जारी, उच्चस्तरीय न्यायिक आयोगको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टीको आन्तरिक छलफलपछि यस्तो निर्णय लिइएको र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्। “विरोध नियमित रूपमा जारी राख्ने निर्णय गरिएको छ। सुरुमा संसद्मा कुरा राखेर त्यसपछि कामकारबाही बहिष्कार गर्ने हो,” शाहीले भने। उनका अनुसार सरकारले गठन गरेको शंकरदास बैरागी नेतृत्वको […]

Jun 24, 2025 - 07:00
 0
भिजिट भिसा प्रकरण :  राप्रपाको संसद् बहिष्कार जारी, उच्चस्तरीय न्यायिक आयोगको माग

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टीको आन्तरिक छलफलपछि यस्तो निर्णय लिइएको र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।

“विरोध नियमित रूपमा जारी राख्ने निर्णय गरिएको छ। सुरुमा संसद्मा कुरा राखेर त्यसपछि कामकारबाही बहिष्कार गर्ने हो,” शाहीले भने।

उनका अनुसार सरकारले गठन गरेको शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी ढंगले काम गर्न नसक्ने निष्कर्षमा राप्रपा पुगेको छ। समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने व्यवस्था गरिएको छ।

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले अघिल्ला केही दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ। यस्तो अवरोधका बीच सरकारले भने बजेटमाथिको छलफल अघि बढाइरहेको छ।

शाहीका अनुसार राप्रपा उच्चस्तरीय न्यायिक आयोग गठनको मागमा अडिग रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register