इन्टर मियामीले गर्‍यो क्षमता प्रमाणित, पूर्वक्लब पीएसजीसँग भेटको प्रतीक्षामा मेसी

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत लियोनल मेसी नेतृत्वको टोली इन्टर मियामीले नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘ए’ को अन्तिम खेलमा ब्राजिली क्लब पाल्मेइराससँग २–२ को रोमाञ्चक बराबरी खेल्दै इन्टरले पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग प्रि–क्वार्टरफाइनलमा भिड्ने पक्का भएको हो । ६० हजारभन्दा बढी दर्शकहरूबीच फ्लोरिडाको हार्ड रक स्टेडियममा भएको खेलमा इन्टर मियामीले टाडेओ आलेन्दे […]

Jun 24, 2025 - 10:04
 0
इन्टर मियामीले गर्‍यो क्षमता प्रमाणित, पूर्वक्लब पीएसजीसँग भेटको प्रतीक्षामा मेसी

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत लियोनल मेसी नेतृत्वको टोली इन्टर मियामीले नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘ए’ को अन्तिम खेलमा ब्राजिली क्लब पाल्मेइराससँग २–२ को रोमाञ्चक बराबरी खेल्दै इन्टरले पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग प्रि–क्वार्टरफाइनलमा भिड्ने पक्का भएको हो ।

६० हजारभन्दा बढी दर्शकहरूबीच फ्लोरिडाको हार्ड रक स्टेडियममा भएको खेलमा इन्टर मियामीले टाडेओ आलेन्दे र लुइस सुवारेजको गोलमार्फत २–० को अग्रता बनाएको थियो । तर खेलको अन्तिम १० मिनेटमा पाल्मेइरासका पाउलिन्हो र माउरिसियोले गोल गर्दै बराबरीमा पुर्याए । समूह ‘ए’ मा दुवै टोलीले ५–५ अंक जोडे पनि गोलअन्तरका आधारमा पाल्मेइरास शीर्षस्थानमा रह्यो भने इन्टर मियामी दोस्रो भयो ।

इन्टर मियामीको समूहबाट बाहिरिएका अल अहली र पोर्टोबीचको खेल ४–४ को बराबरीमा टुंगिएको थियो । अल अहलीका वेस्साम अलीले ह्याट्रिक गरेका थिए । तर पोर्टोका मोरा, विलियम, अगेहोवा र ब्राजिलियन विङ्गर पेपेको ८९औं मिनेटको गोलले दुवै टोलीको अभियान अन्त्य गर्याे ।

सुवारेज बने ‘म्यान अफ द म्याच’

हाल सुस्त देखिए पनि ३८ वर्षीय उरुग्वेयन स्ट्राइकर लुइस सुवारेजले इन्टर मियामीका लागि प्रभावशाली खेल प्रस्तुत गरे । उनले पहिलो गोलमा छातीले बल पास गर्दै असिस्ट दिए भने दोस्रो गोलमा कठिन कोणबाट शक्तिशाली लेफ्ट–फुट भली हानेर टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

सुवारेज खेलको ‘म्यान अफ द म्याच’समेत चुनिए ।

आलोचनाबीच क्षमता प्रमाणित

फिफाले प्रतियोगिताको आयोजक राष्ट्र अमेरिकाबाट एक टोलीलाई सिधै सहभागी गराउने निर्णय गरेपछि इन्टर मियामी छनोटमा पर्याे । कतिपयले यो निर्णय मेसीलाई प्रतियोगितामा ल्याउन गरिएको रणनीति भन्दै आलोचना गरेका थिए । तर इन्टर मियामीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । अमेरिकाबाट एकमात्र टोली जसले नकआउट चरणमा स्थान बनाएको हो । लस एञ्जलस एफसी र सिएटल साउन्डर्स भने समूह चरणमै बाहिरिए ।

यससँगै मेसीले अहिलेसम्म खेलेका ३३ वटै समूह चरण पार गरेका छन् । यो उनको करियरकै स्थायित्वको प्रमाण भएको विश्लेषण गरिएको छ ।

अब इन्टर मियामीले क्वार्टरफाइनल प्रवेशका लागि २९ जुनमा पीएसजीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल एटलान्टामा हुनेछ । यतिबेला मेसी आफ्नो पूर्वक्लबसँगको भेटको प्रतीक्षमा छन् ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेसीले सन् २०२१ देखि २३ सम्म पीएजीबाट खेलेका थिए । सो क्रममा उनले दुईवटा लिग वानसँगै केही कप जिते ।

मेसीसहितको अर्जेन्टिटनालेसन् २०२२ मा कतारमा भएको विश्वकप फाइनलमा फ्रान्सलाई हराएर विश्वकप जितेको थियो । फ्रेन्च क्लब पीएजीमै रहेको अवस्थामा उनले उपाधि जितेका थिए । यसपछि उनलाई क्लबले समर्थकमाझ विश्वकपको उपाधि ‘शो’ अवसर दिएको थिएन । यसबाट मेसी दुःखी भएका थिए । अर्को वर्ष उनले क्लब नै छाडे । यसर्थ पीएसजीसँगको उनको अबको भेट ‘विशेष’ र प्रतिस्पर्धात्मक हुने निश्चित छ ।

यद्यपि, अधिकांश फुटबल पण्डितले भने खेलमा च्याम्पियन्स लिग विजेता पीएजी इन्टर मियामीसँग हाबी हुने विश्लेषण गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register