भारतविरुद्धको सैन्य कारबाहीमा ‘महत्वपूर्ण भूमिका खेलेको’ भन्दै पाकिस्तानी सेना प्रमुख मुनीरलाई बनाइयो फिल्ड मार्शल

काठमाडौं । भारतविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पाकिस्तान सरकारले सेना प्रमुख जनरल असिम मुनीरलाई फिल्ड मार्शल बनाउने निर्णय गरेको छ । साथै, सरकारले एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धुलाई उनको कार्यकाल पूरा भएपछि पनि पाकिस्तानी वायुसेना प्रमुखको रूपमा कायम राख्ने निर्णय गरेको छ । यी दुवै निर्णय प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा बसेको […]

May 20, 2025 - 17:11
 0
भारतविरुद्धको सैन्य कारबाहीमा ‘महत्वपूर्ण भूमिका खेलेको’ भन्दै पाकिस्तानी सेना प्रमुख मुनीरलाई बनाइयो फिल्ड मार्शल

काठमाडौं । भारतविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पाकिस्तान सरकारले सेना प्रमुख जनरल असिम मुनीरलाई फिल्ड मार्शल बनाउने निर्णय गरेको छ ।

साथै, सरकारले एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धुलाई उनको कार्यकाल पूरा भएपछि पनि पाकिस्तानी वायुसेना प्रमुखको रूपमा कायम राख्ने निर्णय गरेको छ ।

यी दुवै निर्णय प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार गरेको हो ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जनरल असिम मुनीरलाई उनको साहसी नेतृत्व, रणनीतिक सोच र भारतविरुद्ध गरिएको सैन्य कारबाहीमा उनले खेलेको महत्वपूर्ण भूमिकाका कारण यो पदोन्नति दिइएको हो ।’

यो निर्णय हुनुभन्दा पहिले प्रधानमन्त्री शरिफले राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर उनको समर्थन लिएका थिए ।

पाकिस्तान सरकारको यस निर्णयका बारेमा जनरल मुनीरले यो सम्मान सम्पूर्ण राष्ट्र,सशस्त्र बल, नागरिक र सैन्य शहीद र दिग्गजहरूलाई समर्पित गर्न चाहेको बताएका छन् ।
‘म यो सम्मान सम्पूर्ण राष्ट्र, पाकिस्तानको सशस्त्र बल, विशेषगरी नागरिक र सैन्य शहीद र दिग्गजहरूलाई समर्पित गर्दछु,’ उनले भने, ‘पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्को विश्वासका लागि म आभारी छु ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register