धरान समाज यूकेमा नयां नेतृत्व, निकेशले लिए अध्यक्षको जिम्मेवारी
लन्डन । धरान समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । १५ मार्च शनिबार अल्डरसटमा सम्पन्न अधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा ८ औं कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष लिम्बु रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य छन् । उनी अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुन् । ‘म मेरो […]

लन्डन । धरान समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । १५ मार्च शनिबार अल्डरसटमा सम्पन्न अधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा ८ औं कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष लिम्बु रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य छन् । उनी अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुन् ।
‘म मेरो सीप र विशेषज्ञता प्रयोग गरेर धरान समाजलाई नेतृत्व दिन उत्साहित छु’- लिम्बुले नेपालीलिंकसँग भने, ‘हामी जातीय संस्था होइन, राजनीति र पूर्वाग्रहबाट टाढा रहेर नेपाली समुदाय अनि जन्मथलो धरानको विकास लागि केही गर्ने अठोट छ ।’
लिम्बु धरान रंगशालाको पर्खाल निर्माण प्रोजेक्टका बेला सन् २००७ देखि नै समाजमा आवद्ध थिए । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबै अग्रज एवं निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गरेका छन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला लिम्बु, उपाध्यक्षमा महा राई र प्रवीन राई, महासचिवमा बल्लभ गुरुङ एवं कोषाध्यक्षमा किशोर राई निर्वाचित भएका छन् ।
अधिवेशनले कार्यसमितिको १५ सदस्य समेत निर्वाचित गरेको छ ।
निर्वाचन समिति संयोजकमा पदम राई बीइएम र सचिव एवं सदस्यमा क्रमशः खडाहाङ लिम्बु र नेपालधन राई थिए ।

अध्यक्ष निकेश लिम्बु
What's Your Reaction?






