विकास हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने 

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आज (असार १८ गते) देखि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो । सो आईपीओ बाँडफाँड भइसकेको छ । हाल भने कम्पनीले सर्वसाधारणका […]

Jul 2, 2025 - 03:38
 0
विकास हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने 

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आज (असार १८ गते) देखि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो । सो आईपीओ बाँडफाँड भइसकेको छ । हाल भने कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले आफ्ना कर्मचारीका लागि ७० हजार ९ सय १० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ७७ हजार २ सय ७५ कित्ता सेयर सुरक्षित राखेको छ । कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा असार २२ र ढिलोमा असार ३२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले इक्रा नेपालबाट इक्रा एनपी इस्युअर रेटिङ्ग ट्रिपल बी माइनस पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register