कुलमानलाई लक्षित गर्दै उर्जामन्त्रीले भने- ‘प्रचारबाजी गरेर पुनस्थापित हुन खोज्नेलाई सरकारले लगाम लगाउँछ’ 

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउने अभिव्यक्ति दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।  कुलमान घिसिङलाई लक्षित गर्दै उनले अहिले कर्मचारीहरुबीच काम गरेर भन्दा प्रचारबाजी गरेर स्थापित हुन खोज्ने होडबाजी चलिरहेको बताएका छन् ।  उनले कानून […]

Mar 27, 2025 - 09:02
 0
कुलमानलाई लक्षित गर्दै उर्जामन्त्रीले भने- ‘प्रचारबाजी गरेर पुनस्थापित हुन खोज्नेलाई सरकारले लगाम लगाउँछ’ 

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउने अभिव्यक्ति दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

कुलमान घिसिङलाई लक्षित गर्दै उनले अहिले कर्मचारीहरुबीच काम गरेर भन्दा प्रचारबाजी गरेर स्थापित हुन खोज्ने होडबाजी चलिरहेको बताएका छन् । 

उनले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले त्यस्ता कर्मचारीलाई लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी दिएका छन् । ‘काम गरेर स्थापित हुने कोसिस गरौँ ।’, उनले भने, ‘त्यसो भएन भने सरकारले लगाम लगाएर ठिक ठाउँमा राख्छ ।’ 

त्यस्तै, उर्जामन्त्री खड्काले सन् २०३५ भित्र जडित क्षमता २८ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्य रहेको बताएका छन् । उनले आगामी दुई वर्षभित्र मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्याउने लक्ष्यसहित सरकार अघि बढेको पनि बताएका छन् । उनले गरिब र विपन्न वर्गले महसुल तिर्न नसकेकै कारण विद्युतको पहुँचबाट वञ्चित हुन नपरोस् भन्नको लागि प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको समेत उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register