लिच्छविकालीन ढुंगेधारा भेटियो, संरक्षण गर्ने कहिले ?

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित विष्णुदेवी खोला र बाटोमा भेटिएको लिच्छविकालीन ढुंगेधारा संरक्षणको पर्खाइमा रहेको छ । सम्पदा संरक्षण अभियन्ता यादवलाल कायस्थले करिब १५ दिनअघि खोलामा दुई र खोलानजिकैको बाटोमा एउटा ढुंगेधारा पत्ता लगाउनुभएको थियो । स्थानीयले बाटोमा ढुंगेधारा पुरिएको देखपछि कायस्थलगायका केही अभियन्ता उक्त ढुंगेधारा खोजीमा हिँडेका थिए । ‘पुरिएको ढुंगेधारा भेटेपछि थप ढुंगेधारा […]

Jul 4, 2025 - 03:44
 0
लिच्छविकालीन ढुंगेधारा भेटियो, संरक्षण गर्ने कहिले ?

काठमाडौं ।

चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित विष्णुदेवी खोला र बाटोमा भेटिएको लिच्छविकालीन ढुंगेधारा संरक्षणको पर्खाइमा रहेको छ । सम्पदा संरक्षण अभियन्ता यादवलाल कायस्थले करिब १५ दिनअघि खोलामा दुई र खोलानजिकैको बाटोमा एउटा ढुंगेधारा पत्ता लगाउनुभएको थियो ।

स्थानीयले बाटोमा ढुंगेधारा पुरिएको देखपछि कायस्थलगायका केही अभियन्ता उक्त ढुंगेधारा खोजीमा हिँडेका थिए । ‘पुरिएको ढुंगेधारा भेटेपछि थप ढुंगेधारा हुनसक्ने अनुमान गर्दै खोलातिर लागेका थियौं त्यहाँ दुईवटा फेला पा¥यौं’ – अभियन्ता कायस्थले भन्नुभयो । उहाँका अनुसार खोलामा फालिरहेको अवस्थामा दुईवटा ढुंगेधारा फेला पार्दा आफू अचम्मित भएको बताउनुभयो । उपत्यकामा पुरिएको ढुंगेधाराका खोजीमा सक्रिय कायस्थले राजधानीमा तीनैवटा ढुंगेधाराको संरक्षण गर्नुपर्ने बताउनुभयो । बलम्बु लिच्छविकालीन बस्ती हो । सो बस्तीमा लिच्छविकालमा बनेका ढुंगेधारा फेला परेको हो । कायस्थका अनुसार अझै यस्ता पुरातात्विक वस्तु फेला पर्न सक्ने दाबी छ ।

ढुंगेधारा भेटिएको विषयमा जानकारी दिँदै वडा नं–१२ का अध्यक्ष न्युच्छेबहादुर महर्जनले सबै ढुंगधाराहरू संरक्षण गरिने जानकारी दिनुभयो । उहाँले पुरिएको अवस्थामा ढुंगेधारा भेटिएको साँचो हो । तर, कहिले बनेको र कहाँ थियो भन्ने बारेमा जानकारी नभएको बताउनुभयो ।

‘यस विषयमा अनुसन्धान गर्दैछौं, वडाको सम्पदा र बाजा संरक्षण गर्ने द्वारेबासँग छलफल गरेर कहाँ स्थापना गर्ने भन्ने विषयमा टुंगो लगाउनेछौं’ –अध्यक्ष महार्जनको भनाइ थियो । उहाँले ढुंगेधारा पत्ता लगाउने अभियन्तालाई धन्यवाद दिँदै अब कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री एवं काठमाडौं–९ का सांसद कृष्णगोपाल श्रेष्ठले ढुंगेधारा उत्खनन गरी पत्ता लगाउने अभियन्ता कायस्थलाई धन्यवाद दिँदै अब यसको संरक्षण गर्ने काम नगरपालिका र वडाको भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले पनि यस विषयमा अध्ययन गरिरहेको छु, कहाँ थियो, कस्तो अवस्थामा थियो र अब के कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल थाल्नेछौं ।’
उहाँले परम्परालाई जोगाउँदै आधुनिकतामा यस्ता ढुंगेधाराको पहिचान दिनेगरी संरक्षणको काम अघि बढाइने जानकारी दिनुभयो । सोही क्षेत्रका सांसदसमेत रहनुभएका श्रेष्ठले एतिहासिक ढुंगेधारा उत्खनन गर्न मुख्य भूमिका खेल्ने सम्पदा अभियन्ता कायस्थले सो क्षेत्रमा गरेको उत्खनन बलम्बुबासीका लागि ऐतिहासिक रहेको उल्लेख गर्नुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बलम्बुमा ऐतिहासिक ढुंगेधारा फेला पारेको जानकारी भएको बताउँदै ती धाराको ऐतिहासिक पक्षबारे जानकारी लिने तयारी भइरहेको बताउनुभयो । उहाँले सो क्षेत्रमा थुप्रै ऐतिहासिक ढुंगेधारा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अभियन्ताले फेला पारेका सबै ढुंगेधाराको उचित संरक्षण र व्यवस्थापन गर्नेछौं ।’
लिच्छविकालीन भनिएको छ, हो कि होइन अनुसन्धानले बताउनेछ । उहाँले ढुंगेधारा संरक्षण गर्ने विषयमा पुरातत्व विभाग सकारात्मक रहेको बताउनुभयो । बलम्बुमा फेला परेका ती ढुंगेधारा कहाँ थिए र कसरी खोलामा भेटियो भन्ने विषयमा अध्ययन गरिने उहाँको भनाइ थियो ।

संरक्षणकर्ता कायस्थले यसअघि नक्सालहिटी, दरबारमार्गको सोहहिट (तीनधारा), कामपा १६ को भोटुपाण्डे, गाहिटी, स्वयम्भुमा ७, कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ५ गरी दुई दर्जन बढी ढुंगेधारा उत्खनन गरी संरक्षण गरेको दाबी गर्नुभएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register