पहिलो बेलायत भ्रमणमा इंगलिस फुटबल क्लव अवलोकन गर्दै साम्बा

लन्डन । नेपाली फुटबल क्षेत्रमा कीर्तिमान राखेकी एकजना चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) अहिले बेलायतमा छिन् । तमुधिं यूकेको आयोजनामा आज अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा हुन गइरहेको गोर्खा कपको २३ औं संस्करणका लागि साम्बा अतिथीका रुपमा बिहीबार यहां आएकी हुन् । अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोल बनाउने र युरोप (फ्रान्स) मा व्यवसायिक खेल खेल्ने पहिलो […]

May 25, 2025 - 10:04
 0
पहिलो बेलायत भ्रमणमा इंगलिस फुटबल क्लव अवलोकन गर्दै साम्बा

लन्डन । नेपाली फुटबल क्षेत्रमा कीर्तिमान राखेकी एकजना चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) अहिले बेलायतमा छिन् ।

तमुधिं यूकेको आयोजनामा आज अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा हुन गइरहेको गोर्खा कपको २३ औं संस्करणका लागि साम्बा अतिथीका रुपमा बिहीबार यहां आएकी हुन् ।

अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोल बनाउने र युरोप (फ्रान्स) मा व्यवसायिक खेल खेल्ने पहिलो खेलाडी साम्बा शनिबार इमिरेट्स स्टेडियम अवलोकन भ्रमणमा थिइन् । होलोवे लन्डनस्थित इमिरेट्स स्टेडियम सन् २००६ देखि आर्सनल फुटबल क्लवको होम स्टेडियम पनि हो ।

इमिरेट्स स्टेडियममै नेपाली लिंकलाई विशेष समय दिएकी साम्बाले यूके आफ्ना लागि पनि सपनाको देश भएको उल्लेख गर्दै आफ्नो मनपर्ने इंगलिस क्लव भएर आर्सनलको स्टेडियम भ्रमण गरेको बताइन् । ‘यस टिमले प्रिमियर लिगको टाइटल जितोस् भन्ने मेरो कामना छ’, उनले भनिन् ।

गोर्खा कपमा अतिथीका रुपमा आउन पाउंदा आफूलाई भाग्यमानी ठानेको उनले बताइन् । गत वर्ष आउन खोजेपनि आफ्नो व्यस्तताले समय नमिलेर यसपटक आएको उनको भनाइ छ ।

नेपाली फुटबललाई औधि माया गर्ने अग्रजहरुको अनुरोधलाई स्वीकार्दै आफू यूके आएको उनले बताइन् । ‘यूकेमा रहेको नेपाली समुदायले फुटबललाई निकै माया गर्नु हुंदो रहेछ । यसपटक फुटबलमा यहांका नेपालीको अवस्था कस्तो छ नजिकबाट बुझ्न पाउंदा खुशी छु’- उनले भनिन् ।

लमजुङको सामान्य परिवारमा जन्मिएकी साम्बाले फुटबलमा थुप्रै कीर्तिमान बनाएकी छन् । ‘मेहनत गर्दै जांदा सम्भावनाका ढोकाहरु खोलिने हो । मैले सानैदेखि फुटबललाई समय दिएं । मेहनत र लगनशील भएर लागिराख्दा सफलता हालिस गरिंदो रहेछ’, उनले सुनाइन् ।

साम्बाले अहिले नेपाली महिला खेलाडीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुंदै गएको पनि बताइन् । ‘फुटबलप्रति अभिभावकहरु पनि सकारात्मक छन् । व्यवसायिक खेल खेलेर नेपाललाई विदेशमा प्रतिनिधित्व गरोस् भन्ने चाहना सबैको छ’, उनले नेपालीलिंकसंग भनिन्, ‘परिवारको सकारात्मक सल्लाह सुझाव र मार्गदर्शन, आफूमा अनुशासन, कडा परिश्रम र शुरुमा हुने संघर्षलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ सफलता हासिल हुन्छ ।’

आफ्नो पालामा नेपाललाई स्वर्ण पदक दिलाउने सपना उनको छ । ‘मेरो सपना देशलाई नै चिनाउने हो । व्यक्तिगत रुपमा त कडा मेहनत गर्दै जाने हो, हेरौं कहांसम्म पुगिन्छ’, उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register