अमेरिकाको टेक्सासमा भीषण बाढी : २४ जनाको मृत्यु, उद्धारमा सेना सक्रिय

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । सीएनएनका अनुसार शुक्रबार बिहानदेखि परेको भीषण वर्षापछि ग्वाडालुपे नदीमा आएको आकस्मिक बाढीका कारण जनधनको ठूलो क्षति भएको छ । गार्जिएनले जनाएअनुसार, नदीमा पानीको सतह ४५ मिनेटभित्रै झन्डै २६ फिट ९९७.९ मिटर बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन् । बाढीपछि […]

Jul 5, 2025 - 11:21
 0
अमेरिकाको टेक्सासमा भीषण बाढी :  २४ जनाको मृत्यु, उद्धारमा सेना सक्रिय

काठमाडौं ।

अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । सीएनएनका अनुसार शुक्रबार बिहानदेखि परेको भीषण वर्षापछि ग्वाडालुपे नदीमा आएको आकस्मिक बाढीका कारण जनधनको ठूलो क्षति भएको छ ।

गार्जिएनले जनाएअनुसार, नदीमा पानीको सतह ४५ मिनेटभित्रै झन्डै २६ फिट ९९७.९ मिटर बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन् । बाढीपछि सडक तथा टेलिफोन सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ भने टेक्सासका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको अधिकारीहरुले बताएका छन् । टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम। सुएल्जरका अनुसार, शुक्रवार रातिसम्म २३७ भन्दा बढी मानिसलाई उद्धार गरिएको छ, जसमा धेरैजसोको उद्धार हेलिकोप्टरमार्फत गरिएको हो ।

ग्वाडालुपे नदी किनारमा रहेको क्रिस्चियन समर क्याम्पबाट २३ देखि २५ जना छात्रा हराइरहेका छन् । यो क्याम्प सान एन्टोनियो शहरदेखि उत्तर–पश्चिमतर्फ १०५ किलोमिटरको दूरीमा अवस्थित छ ।

बाढी नियन्त्रण तथा उद्धारमा १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको टेक्सासका अधिकारीहरुले जानकारी दिएका छन् । बाढीमा फसेका वयस्क तथा बालबालिकालाई रुखबाट समेत उद्धार गरिएको जनाइएको छ ।

टेक्सास गभर्नर ग्रेग एबटले उद्धार कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गभर्नरसँग समन्वय गरी संघीय सरकार उद्धार र राहत कार्यमा जुटिरहेको बताएका छन् । उनले यस बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भन्दै प्रभावितको सहयोगमा सबै उपाय अवलम्बन गरिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register