प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले असार २३ गतेदेखि आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ५ हजार ६ सय ७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो […]

Jul 7, 2025 - 07:13
 0
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले असार २३ गतेदेखि आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ५ हजार ६ सय ७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

बैंकले सो सेयरको मूल्य भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register