सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ । सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले न्यायपरिषद्‌बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । यही जेठ […]

Jul 7, 2025 - 07:19
 0
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ ।

सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले न्यायपरिषद्‌बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश थापालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित सामग्री –

न्यायाधीश सिफारिसमा एमालेको असहमति खुल्दै, कांग्रेस कोटाका पोखरेलमाथि प्रश्नवर्षा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register