झापाको अर्जुनधारामा कुटपिटबाट २२ वर्षिया गंगा राईको मृत्यु

झापा, २५ असार । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् । उनलाई गएराति ११ः३० बजे अर्जुनधारा ८ बस्ने ३१ वर्षीय रमेश भुसालकी ३२ वर्षीया श्रीमती सुस्मिता भुसालले [...] The post झापाको अर्जुनधारामा कुटपिटबाट २२ वर्षिया गंगा राईको मृत्यु appeared first on Jhapa Online.

Jul 9, 2025 - 07:00
 0
झापाको अर्जुनधारामा कुटपिटबाट २२ वर्षिया गंगा राईको मृत्यु

झापा, २५ असार । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् ।

उनलाई गएराति ११ः३० बजे अर्जुनधारा ८ बस्ने ३१ वर्षीय रमेश भुसालकी ३२ वर्षीया श्रीमती सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् ।

कुटपिटबाट घाइते भएकी महिलालाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियाे । तर, उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मृतकको शव सोही अस्पतालमा नै रहेको छ ।

प्रहरीका अनुसार कुटपिटमा सोही ठाउँ बस्ने ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दास संलग्न भएको बताइएको छ। प्रहरीले पाँच जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाललाई पनि नियन्त्रणमा लिएको छ ।

आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको बताइएको छ ।

The post झापाको अर्जुनधारामा कुटपिटबाट २२ वर्षिया गंगा राईको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register