कुहिरोसँग लुकामारी खेलिरहेको ऐतिहासिक स्थल सिन्धुलीगढी (तस्वीरहरु)

काठमाडौं । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्य बनेको छ। प्राकृतिक सौन्दर्यसँगै नेपालको गौरवशाली इतिहास बुझ्न चाहने जो कोहीका लागि यो ठाउँ उत्तम विकल्प बनेको छ। यहाँ पुग्ने पर्यटकहरू सुन्दर तस्वीर र भिडियो खिचेर रमाइरहेको देखिन्छन्। काठमाडौँ, जनकपुर, वीरगन्ज लगायत नेपालका प्रमुख शहरहरूबाट सहजै यातायातका साधनमा पुग्न सकिने भएपछि सिन्धुलीगढीमा आउने […]

Jul 14, 2025 - 05:46
 0
कुहिरोसँग लुकामारी खेलिरहेको ऐतिहासिक स्थल सिन्धुलीगढी (तस्वीरहरु)

काठमाडौं । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्य बनेको छ। प्राकृतिक सौन्दर्यसँगै नेपालको गौरवशाली इतिहास बुझ्न चाहने जो कोहीका लागि यो ठाउँ उत्तम विकल्प बनेको छ। यहाँ पुग्ने पर्यटकहरू सुन्दर तस्वीर र भिडियो खिचेर रमाइरहेको देखिन्छन्।

काठमाडौँ, जनकपुर, वीरगन्ज लगायत नेपालका प्रमुख शहरहरूबाट सहजै यातायातका साधनमा पुग्न सकिने भएपछि सिन्धुलीगढीमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ।

सिन्धुलीगढीको ऐतिहासिक पृष्ठभूमि निकै गौरवमय छ। यो त्यही स्थल हो जहाँ इस्ट इन्डिया कम्पनीका फौजसँग नेपाली फौजले घमासान युद्ध गरी विजयी हासिल गरेको थियो। यो विजयले नेपालीहरूको वीरता र स्वाधीनताको प्रतीकका रूपमा इतिहासमा अमिट छाप छोडेको छ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीबाट करिब १६ किलोमिटर उत्तरतर्फ रहेको सिन्धुलीगढी चारैतिर हरियाली फाँटको बीचमा अवस्थित छ। काठमाडौँबाट करिब १५० किलोमिटर पूर्वमा रहेको यो ठाउँ ४ हजार ६ सय ४८ फिटको उचाइमा छ। विशेषगरी वर्षायाममा यो क्षेत्र कुहिरोसँग लुकामारी खेल्दै थप मनमोहक देखिन्छ।

सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन्। ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो। युद्धका बेला यहाँ तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानी संकलन गरिन्थ्यो। सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास पाइन्छ।

गढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५-२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ। गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ। युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिन्थ्यो। यहाँ अन्य थुप्रै ऐतिहासिक स्थलहरू पनि रहेका छन्।

सिन्धुलीगढीबाट मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। गढीको उत्तरतर्फ गौरीशंकर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेको देखिन्छ भने दक्षिणतर्फ हरियाली वनले ढाकेको चुरे पहाडसँगै तराईको समथर मैदान फैलिएको छ।

तस्वीरहरु- नेपाल फोटो लाइब्रेरी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register