सूचना तथा सञ्चार प्रविधि विकास र परिवर्तनको पक्षमा उपयोग गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड

Jun 23, 2023 - 06:49
 0
सूचना तथा सञ्चार प्रविधि विकास र परिवर्तनको पक्षमा उपयोग गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड
सूचना तथा सञ्चार प्रविधि विकास र परिवर्तनको पक्षमा उपयोग गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिहरूले मानव समाजलाई उन्नत रूपमा रूपान्तरण गर्न निर्णायक भूमिका खेल्दै आएको बताउनुभएको छ । ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दै श्रम र पुँजीसँगै प्रविधिको विकास, स्वामित्व तथा पहुँच र यसको उपयोगको अवस्थाले सामाजिक उत्पादन सम्बन्ध, सांस्कृतिक र राजनीतिक प्रणालीलाई समेत निर्धारण गरिरहेको दाहालले बताउनुभयो । ‘यथास्थितिबाट अघि बढ्न र समाजलाई उन्नत चरणमा रूपान्तरण गर्न अहिलेको युगको मुख्य विशेषता बनेको सूचना तथा सञ्चार प्रविधिको नेपालमा विकास र यसलाई परिवर्तनका पक्षमा उपयोग गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

सूचना तथा सञ्चारका क्षेत्रमा भएको अभूतपूर्व विकासले वर्तमान समाजका सबै पक्षलाई प्रभावित गरेको उहाँले बताउनुभयो । विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुशासन, सामाजिक न्याय स्थापना गर्दै समाज रूपान्तरणका लागि आइसिटी तथा डिजिटल प्रविधिको इन्नोभेसन, विकास र सही उपयोगको विषय अत्यन्त महत्त्वपूर्ण रहेको उहाँले प्रष्ट पार्नुभयो । 

सरकारले नागरिकलाई प्रदान गर्ने सेवा तथा सूचनाको परम्परागत ढाँचालाई परिवर्तन गर्नुपर्ने अनिवार्यतालाई महसुस गरेर सरकारको नेतृत्व लिए लगत्तै पासपोर्ट, राष्ट्रिय परिचयपत्र, लगायत अन्य अत्यावश्यक सेवालाई झञ्झटमुक्त बनाउन आफूले पहलकदमी लिएको उहाँले बताउनुभयो । निकायपिच्छे घण्टौँ लाइन लागेर नागरिकको व्यक्तिगत तथा जैविकीय विवरण प्रविष्ट गर्ने अवस्थाको अन्त्य गर्न पासपोर्ट, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवा प्रवाहबिच अन्तर आबद्धता प्रणालीको विकास गर्ने  काम अघि बढेको उहाँ बताउनुभयो । 

पछिल्लो समयमा आई सिटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु सबल पक्ष भएको उहाँले बताउनुभयो । यसले सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खोलेको उहाँको भनाइ छ । तर स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेको गम्भीर तथ्यप्रति आफू सचेत रहेको उहाँले प्रष्ट पार्नुभयो ।     

कार्यक्रममा नेपाल सहित दक्षिण कोरिया, जापान, सिंगापुर, भारत र बङ्गलादेशबाट आउनुभएका विज्ञको कार्यक्रममा सहभागिता रहेको छ । कार्यक्रम अन्तर्गत सात वटै प्रदेशको डिजिटल संवाद कार्यक्रम सम्पन्न गरी काठमाडौंमा दुई दिने सम्मेलन आयोजना भएको हो । कार्यक्रम आइसिटी फाउण्डेसन नेपालले आयोजना गरेको हो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1