‘धिमे विशेष २०८२’: परम्परागत नृत्यको अभ्यासदेखि अभिव्यक्तिसम्म

काठमाडौं। नेपाली लोकसंस्कृति र परम्परागत नृत्यको संरक्षणमा क्रियाशील संस्था डान्स नेपाल डान्स थिएटर (DNDT) ले आगामी साउन २ र ३ गते काठमाडौँमा दोस्रो राष्ट्रिय लोकनृत्य कार्यशाला ‘धिमे विशेष २०८२’ आयोजना गर्ने भएको छ। कार्यशालामा पाटन, ललितपुर र भक्तपुर क्षेत्रका परम्परागत धिमे (नेवारी) नृत्य शैलीलाई केन्द्रमा राखिएको छ। DNDT का निर्देशक भावना कार्कीका अनुसार, “यो कार्यशाला, […]

Jul 14, 2025 - 07:18
 0
‘धिमे विशेष २०८२’: परम्परागत नृत्यको अभ्यासदेखि अभिव्यक्तिसम्म

काठमाडौं। नेपाली लोकसंस्कृति र परम्परागत नृत्यको संरक्षणमा क्रियाशील संस्था डान्स नेपाल डान्स थिएटर (DNDT) ले आगामी साउन २ र ३ गते काठमाडौँमा दोस्रो राष्ट्रिय लोकनृत्य कार्यशाला ‘धिमे विशेष २०८२’ आयोजना गर्ने भएको छ।

कार्यशालामा पाटन, ललितपुर र भक्तपुर क्षेत्रका परम्परागत धिमे (नेवारी) नृत्य शैलीलाई केन्द्रमा राखिएको छ। DNDT का निर्देशक भावना कार्कीका अनुसार, “यो कार्यशाला, नृत्यलाई शारीरिक अभ्यास मात्र नभई सांस्कृतिक आत्मा र सामाजिक संवादको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रयास हो।”

कार्यक्रममा परम्परागत वाद्य, पोसाक र नृत्य शैलीको अभ्यास तथा प्रशिक्षण दिइनेछ। साथै, स्थानीय प्रतिभाको पहिचान, सांस्कृतिक दस्तावेजीकरण र नयाँ पुस्ताको सशक्तीकरणमा जोड दिइने आयोजकले जनाएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register