आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु, सरकारले घोषणा गरेका कर सम्बन्धी व्यवस्थाहरु आजैबाट लागू !

काठमाडौँ । आज (बिहीबार) देखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नयाँ आर्थिक वर्षको सुरुवात भएसँगै सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्थाहरु पनि आजैबाट कार्यान्वयनमा आएका छन् ।  साउन १ गतेदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लाग्दैछ । त्यसबाहेक हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत […]

Jul 17, 2025 - 04:47
 0
आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु, सरकारले घोषणा गरेका कर सम्बन्धी व्यवस्थाहरु आजैबाट लागू !

काठमाडौँ । आज (बिहीबार) देखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नयाँ आर्थिक वर्षको सुरुवात भएसँगै सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्थाहरु पनि आजैबाट कार्यान्वयनमा आएका छन् । 

साउन १ गतेदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लाग्दैछ । त्यसबाहेक हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि आजैबाट लागू हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा लगाइएको विलासिता कर पनि लागू भएको छ । यस्तै, साउन १ गतेदेखि आर्थिक ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था लागू भएका छन् ।

योसँगै आर्थिक वर्ष २०८२/८३ को बजेट पनि आजैबाट कार्यान्वयन हुँदैछ । चालु आर्थिक वर्षका लागि अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते नै बजेट प्रस्तुत गरेका थिए । यस वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । यस वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ८० अर्ब, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register