मुक्तिचोकमा फेरि ट्रान्सफर्मरमा आगलागी

बिर्तामोड, ३ असार । झापाको बिर्तामोड नगरपालिका–१ स्थित मुक्तिचोक क्षेत्र फेरि विद्युत पोलमा आगलागीको घटना भएको छ। आज साँझ करिब ७ बजे ट्रान्सफर्मर जडान गरिएको पोलमा एक्कासी आगो सल्किएको दृश्य स्थानीयहरूले फेसबुक लाइभमार्फत सार्वजनिक गरेका छन् । प्रत्यक्षदर्शी इन्द्रजीत मुखिया सुनुवारले सामाजिक सञ्जालमा ‘तारमा आगो लाग्यो’ भन्दै भिडियो साझा गरेका छन्, जसमा ट्रान्सफर्मर वरपरका तारमा [...] The post मुक्तिचोकमा फेरि ट्रान्सफर्मरमा आगलागी appeared first on Jhapa Online.

Jul 19, 2025 - 16:46
 0
मुक्तिचोकमा फेरि ट्रान्सफर्मरमा आगलागी

बिर्तामोड, ३ असार । झापाको बिर्तामोड नगरपालिका–१ स्थित मुक्तिचोक क्षेत्र फेरि विद्युत पोलमा आगलागीको घटना भएको छ। आज साँझ करिब ७ बजे ट्रान्सफर्मर जडान गरिएको पोलमा एक्कासी आगो सल्किएको दृश्य स्थानीयहरूले फेसबुक लाइभमार्फत सार्वजनिक गरेका छन् ।

प्रत्यक्षदर्शी इन्द्रजीत मुखिया सुनुवारले सामाजिक सञ्जालमा ‘तारमा आगो लाग्यो’ भन्दै भिडियो साझा गरेका छन्, जसमा ट्रान्सफर्मर वरपरका तारमा आगो सल्किएको देखिन्छ। आगोको झिल्काले आसपासको सडक क्षेत्र समेत जोखिममा परेको छ।

स्थानीयहरूले यस घटनालाई गम्भीर दुर्घटनाको संकेत मान्दै विद्युत प्राधिकरण र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । पछिल्ला केही दिनयता बिर्तामोडका विभिन्न स्थानमा यस्ता घटनाहरू दोहोरिँदै आएका छन्। आज बिहान पनि मुक्तिचोक पश्चिमतर्फको अर्को पोलमा यस्तै प्रकारको आगलागी भएको थियो ।

विद्युत प्रवाहमा कमजोर मर्मत तथा जाली तार व्यवस्थापनमा लापरबाहीले यस्तो दुर्घटना निम्तिएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दाहरूले यस्ता जोखिम हटाउन शीघ्र छानबिन र समाधानको माग गरेका छन् ।

The post मुक्तिचोकमा फेरि ट्रान्सफर्मरमा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register