यातायात कार्यालयमा बिचौलिया काम गर्ने १२ जना पक्राउ
झापा, १२ चैत । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत [...] The post यातायात कार्यालयमा बिचौलिया काम गर्ने १२ जना पक्राउ appeared first on Jhapa Online.

झापा, १२ चैत । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी , बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेका छन् ।
सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो । प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
The post यातायात कार्यालयमा बिचौलिया काम गर्ने १२ जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






