रोट्रयाक्ट विर्तामोड मिडटाउनद्वारा चार्टर दिवसमा बृक्षारोपण

झापा, ७ साउन । रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ । क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका विभिन्न जातका फूलका ५१ वटा बिरुवा रोपण तथा केक काटेर वातावरणमैत्री ढंगले चार्टर दिवस मनाएको हो ।क्लवका चार्टर [...] The post रोट्रयाक्ट विर्तामोड मिडटाउनद्वारा चार्टर दिवसमा बृक्षारोपण appeared first on Jhapa Online.

Jul 23, 2025 - 09:18
 0
रोट्रयाक्ट विर्तामोड मिडटाउनद्वारा चार्टर दिवसमा बृक्षारोपण

झापा, ७ साउन । रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ ।

क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका विभिन्न जातका फूलका ५१ वटा बिरुवा रोपण तथा केक काटेर वातावरणमैत्री ढंगले चार्टर दिवस मनाएको हो ।
क्लवका चार्टर अध्यक्ष शरद जोशीको अध्यक्षतामा आयोजित बृक्षरोपण कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि विर्तामोड नगरपालिका, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव रोट्रयाक्टर सौम्य शर्माले गरेका थिए ।

सो अवसरमा बिराटपोखरी व्यवस्थापन समितिलाई क्लले धन्यवाद ज्ञापन गरेको थियो भने प्रमुख अतिथि बढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउन विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक सेवा, नेतृत्व विकास र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील रहँदै आएको छ । क्लवले पछिल्ला वर्षमा विभिन्न परियोजना सञ्चालन गर्दै स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्य गर्दै आएको छ ।

The post रोट्रयाक्ट विर्तामोड मिडटाउनद्वारा चार्टर दिवसमा बृक्षारोपण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register