दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

झापा, २१ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जीप आज बेलुकी महाकाली नगरपालिका–२ मैखोलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परी महाकाली नगरपालिका वडा २ का चालक अन्दाजी ३२ वर्षीय [...] The post दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते appeared first on Jhapa Online.

Mar 5, 2025 - 14:00
 0
दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

झापा, २१ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जीप आज बेलुकी महाकाली नगरपालिका–२ मैखोलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा परी महाकाली नगरपालिका वडा २ का चालक अन्दाजी ३२ वर्षीय महेश भुलको मृत्यु भएको र सोही स्थानका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुल घाइते भएको प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिनुभयो ।

चालक महेश भुलको अवस्था गम्भीर रहेकोमा उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको तथा अन्य २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको उहाँले जानकारी दिनुभयो ।

The post दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register