भोटखोलामा पहिरो : पाँच परिवार विस्थापित

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छ भने एउटा घरमा आंशिक क्षति भएको हो । पहिरोले रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा […]

Jul 23, 2025 - 10:59
 0
भोटखोलामा पहिरो : पाँच परिवार विस्थापित

सङ्खुवासभा।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छ भने एउटा घरमा आंशिक क्षति भएको हो ।

पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । उनका अनुसार पहिरोले लिलाबहादुर श्रेष्ठ (सात जना सदस्य), लाप्साङ शेर्पा (चार जना), मुस्कान शेर्पा (पाँच जना), सुब्बा श्रेष्ठ (तीन जना) र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएका छन् । 

पहिरोले रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा अध्यक्ष भोटेको पहलमा सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ । हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ । थप क्षति हुन नदिन पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले आह्वान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register