३ हजार बिन्दु नजिक नेप्से

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी छ । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक ५.१७ अंक (०.१७ प्रतिशत)ले बढेर २९७८.८८ बिन्दुमा पुगेको छ । यसअघि मंगलबार नेप्से परिसूचक ८०.९७ अंक (२.७९ प्रतिशत) ले बढेको थियो । आज कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोड […]

Jul 23, 2025 - 11:00
 0
३ हजार बिन्दु नजिक नेप्से

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी छ । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक ५.१७ अंक (०.१७ प्रतिशत)ले बढेर २९७८.८८ बिन्दुमा पुगेको छ ।

यसअघि मंगलबार नेप्से परिसूचक ८०.९७ अंक (२.७९ प्रतिशत) ले बढेको थियो ।

आज कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोड ५२ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ९८ को सेयर मूल्य बढेको छ भने १५२ को घटेको छ । ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीले सर्वाधिक कमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register