इजरायली हवाई आक्रमणमा १७ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका अनुसार बुधबार बिहान तीन अलग-अलग हवाई हमलामा दुई आवासीय अपार्टमेन्ट र एक शिविरलाई लक्षित गरिएको थियो । मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु पनि छन् । साथै, एकै परिवारका आठ जनाको पनि मृत्यु भएको छ […]

Jul 23, 2025 - 11:40
 0
इजरायली हवाई आक्रमणमा १७ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका अनुसार बुधबार बिहान तीन अलग-अलग हवाई हमलामा दुई आवासीय अपार्टमेन्ट र एक शिविरलाई लक्षित गरिएको थियो ।

मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु पनि छन् । साथै, एकै परिवारका आठ जनाको पनि मृत्यु भएको छ । आक्रमणमा २४ जना घाइते भएको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले यी घटनाहरूमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register