गोकर्णेश्वरमा सांस्कृतिक लाखे नाँच (तस्वीरहरू)

काठमाडौँ । नेवार समुदायमा विभिन्न समय र चाडअनुसारका धार्मिक नाँचहरू देखाइरहन्छ । सिथी नख: मा बन्द भएको नेवार समुदायको सांस्कृतिक नाँचगान गथां मुग: मा घण्टाकर्ण राक्षकको बध गरेसँगै सुरु हुन्छ । प्राय: देवीदेवता र भूतप्रेतका कथासँग सम्बन्धित यस्ता सांस्कृतिक नाँचमध्ये लाखे नाँच पनि एक हो । जुन नाग पञ्चमीदेखि इन्द्रजात्रासम्म विभिन्न चाड र जात्रामा नचाइन्छ। काठमाडौं […]

Jul 29, 2025 - 15:21
 0
गोकर्णेश्वरमा सांस्कृतिक लाखे नाँच (तस्वीरहरू)

काठमाडौँ । नेवार समुदायमा विभिन्न समय र चाडअनुसारका धार्मिक नाँचहरू देखाइरहन्छ । सिथी नख: मा बन्द भएको नेवार समुदायको सांस्कृतिक नाँचगान गथां मुग: मा घण्टाकर्ण राक्षकको बध गरेसँगै सुरु हुन्छ ।

प्राय: देवीदेवता र भूतप्रेतका कथासँग सम्बन्धित यस्ता सांस्कृतिक नाँचमध्ये लाखे नाँच पनि एक हो । जुन नाग पञ्चमीदेखि इन्द्रजात्रासम्म विभिन्न चाड र जात्रामा नचाइन्छ।

काठमाडौं उपत्यकामा लाखे नाँच नचाउने प्रचलन कहिलेदेखि सुरुवात भयो भन्ने कुरामा मतभेद रहेको पाइन्छ । कसैले राजा हरिसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको थिए भनेर भन्ने गरेका छन् । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले आफूसँगै उपत्यकामा लाखेलाई ल्याएका हुन् भन्ने तर्क पनि राख्दछन् ।

नेपाल भाषा वंशावलीअनुसार लाखे नाँचको चलन राजा गुणकामदेवको पालादेखि सुरु भएको देखिन्छ । तर राजा प्रताप मल्लको पालादेखि भने मुकुट लगाई लाखे नाँच नाँच्ने गरेको पाइन्छ ।

लाखे नाँच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं र धिमे बजाएर पनि लाखे नाँच नचाइन्छ । कतिपय ठाउँमा भने भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाँच नचाउँदछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register