गैर आबासीय नेपाली संघ  राज्य समन्वय परिषद इन्गल्यान्ड यूके ले गर्यो  नयाँ राजदूत लाई स्वागत तथा भेंटवार्ता

Apr 8, 2022 - 10:24
Apr 8, 2022 - 10:27
 0
गैर आबासीय नेपाली संघ  राज्य समन्वय परिषद इन्गल्यान्ड यूके ले गर्यो  नयाँ राजदूत लाई स्वागत तथा भेंटवार्ता

4 अप्रिल 2022 सोमवारका दिन गैर आबासीय नेपाली संघ राज्य समन्वय परिषद इन्गल्यान्ड यूके को अध्यक्ष लाल बहादुर गुरुंङ लगाएतका पदाधिकारीहरूले बेलायतका लागि नयाँ नेपाली राजदूत ज्ञानचन्द्र आचार्य ज्युलाई  स्वागत तथा भेंटवार्ता गरेका छन् ।

इनग्ल्याण्ड राज्य समन्वय परिषद ,युकेले माहमहिम ज्युको स्वागत तथा उहाको सफल कार्यअवधिको लागी सुभकामना दिंदै बेलायतले अत्यन्तै  बिज्ञ कुटनितिज्ञा पाएकोमा धेरै सम्भावनहरू र एतिहासिक बन्ने छन भन्ने आपेक्ष राखिएको कुरा अध्यक्ष ज्यू ले बताउनु भयो।

स्वागत तथा भेंटवार्ता को क्रममा इन्गल्यान्डराज्यमा भएका सम्पूर्ण नेपाली को तर्फबाट प्रतिनिधित्व गर्दै राज्य समन्वय परिषद इन्गल्यान्ड यूके ले  नेपालीका चासोका बिबिध बिषयहरू छलफल गरेका छन्। नेपाल का बिभिन्न बिकासका समस्या र समाधान,राजनीतिक,आर्थिक,सामाजिक लगाएत धरै बिषय हरूमा गहन छलफल तथा बिचार बिमर्सहरू भएको थियो ।नेपालमा क्रमिक रूपमा भैरह्को शिक्षा को सुधार,प्राविधिक सुधार आर्थिक विकास,स्वास्थ्य विभाग मा भएका सुधार साथै देशकर राजनितीमा भएको आमुल परिवर्तन को बारेमा पनि बृहत् कुराकानी भएको थियो।ब्यक्तिगत तवरमा संचालित स्कूल,स्वास्थ्य विभाग,हॉस्पिटल,हाईट्रो पावर लगाएत कुराले देशमा पुराएको टेवा बारे पनि छलफल भएको थियो।

पहिला केही स्वास्थ्य सम्स्या आउना साथ बेंगलूर,दिल्ली गइहाल्नुपर्ने अवस्था मा अहिले धेरै परिवर्तन आएको ,नेपालमै बिश्वको राम्रो प्रबिधी बाट उपचार हुन थालेको जिकिर समेत माहामहिम ज्यूले गर्नु भयो।साथै नेपाल को बिकासमा भएका बाटोधाटो,कृर्षि,पशुपालन आदि को पनि छलफल भएको थियो।भने सिधा हवाई उडान शुरु गर्न सके नेपाली अर्थतन्त्रलाई ठूलो लाभ मिल्ने र थुप्रै अवसरहरु सिर्जना हुने भन्दै दूतावासको पहलका लागि आग्रह गरेकाथिए।

र इन्ग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष श्री लाल बहादुर गुरूङले भुपु गोर्खाहरूको मुद्दा ब्रिटिस सरकार संग बार्ता द्वारा  सहि टुङ्गो लगाउनको लागी पनि अपिल गरे ,साथै गोर्खाहरू एनआरएनए भएता पनि अरू भन्दा धेरै फरक छन् ,कतै बाट पनि लुकेर छिपेर आएको हैन  त्यसैले तुलना गर्नु मिल्दैन उहाहरूको नागरिक्ता ,पासपोर्ट सम्मानजनक पुर्बक निरन्तर हुनु पर्नेमा जिक्किर गरे भने। नेपाल कहिले कोभिड ,कहिले भुकम्प त कहिले बाडी पैरो ,त कहिले  राजनैतिक उथलपुथल हुनाले देश अत्यन्तै नाजुक स्थितीमा रहेको  र त्यसको लागी १०% डिसकाउट भनेर जाहजको भाड कटाउ र सबै देशी बिदेशीहरूको सबैमा सम्मान दरले खान बस्ने हिडनेको ब्यबस्था बराबर गर्नुपर्ने , यसो गर्दा  देशमा रोजगारको बातवरण सृजना हुन्छ र देशको अर्थतन्त्रमा पनि धेरै सुधार आउने कुरामा पनि जोड दिएका थिए।

इन्ग्ल्याण्ड राज्य समन्वय परिषदका पदाधिकारीहरू संरक्षक ललित कुमार न्यैपान्य,अध्यक्ष लाल बहादुर गुरूङ ,सह सचिव अन्जु कुँवर प्रवक्ता तथा सदस्य बिशाल गुरूङ तथा गोल्वल एनआरएनए का नव निर्वाचित उपाध्यक्ष थर्क सेनको   साथै दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल उपस्थित रहेको थियो ।

नेपाली दूतावास ले मिठो चिया,बिस्कुट दिएर इन्ग्ल्याण्ड राज्य समन्वय परिषदका पदाधिकारीहरूलाई स्वागत गर्नु भएको थियो भने इन्ग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष ले खादा लगाइ दिएर स्वागत गर्नु भएको थियो ।

नेपाली राजदूत ज्ञानचन्द्र आचार्य ज्युलाई इन्ग्ल्याण्ड राज्य समन्वय परिषद की सह सचिव अन्जु कुँवर ले इन्ग्ल्याण्ड राज्यले कार्य काल स्थापना देखी अहिले सम्म गरेको कामहरू र भविष्य को कार्य योजना बताईएकी थिईन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal