बेलायतमा सांसदहरु कति कमाउँछन् मासिक ?

लन्डन- बेलायती सांसदहरुको आधारभूत तलब आगामी अप्रिल महिनादेखि वृद्धि हुने भएको छ । हालको तलबमा २ दशमलव ८ प्रतिशतको वृद्धिसहित सांसदको मासिक तलब ९३ हजार ९ सय ४ पाउन्ड पुर्याउन लागिएको हो । संसदको खर्चसम्बन्धि वाचडग निकाय ‘इन्डिपेन्डेन्ट पार्लियामेन्ट्री स्टयान्डर्ड अथोरिटी’ (इप्सा) ले सार्वजिक क्षेत्रमा कार्यरत कर्मचारीहरुसंग सन्तुलन कायम गर्ने उद्धेश्यले सांसद तलब बढाउन सिफारिस […]

Feb 10, 2025 - 14:50
 0
बेलायतमा सांसदहरु कति कमाउँछन् मासिक ?

लन्डन- बेलायती सांसदहरुको आधारभूत तलब आगामी अप्रिल महिनादेखि वृद्धि हुने भएको छ ।

हालको तलबमा २ दशमलव ८ प्रतिशतको वृद्धिसहित सांसदको मासिक तलब ९३ हजार ९ सय ४ पाउन्ड पुर्याउन लागिएको हो ।

संसदको खर्चसम्बन्धि वाचडग निकाय ‘इन्डिपेन्डेन्ट पार्लियामेन्ट्री स्टयान्डर्ड अथोरिटी’ (इप्सा) ले सार्वजिक क्षेत्रमा कार्यरत कर्मचारीहरुसंग सन्तुलन कायम गर्ने उद्धेश्यले सांसद तलब बढाउन सिफारिस गरिएको जनाएको छ ।

सांसदको तलब वृद्धिसम्बन्धि प्रस्ताव हाल परामर्शको चरणमा छ । आगामी मार्चको मध्यतिर यसबारे अन्तिम निर्णय लिइने जनाइएको छ ।

सांसदको तलब वृद्धिका लागि गरिएको प्रस्तावमा विभिन्न संसदीय समितिका प्रमुख रहेबापत उपलब्ध हुने अतिरिक्त भत्ता पनि सोही दरमा बढाउन सुझाव दिइएको छ । संसदीय समितिहरुको नेतृत्व गर्ने सांसदहरुलाई आधारभूत तलबबाहेक १८ हजार ३ सय ९ पाउन्ड मासिक मिल्ने गरेको छ ।

केही महिनापछि बेलायती सांसदहरूको तलबबारे फेरि व्यापक समीक्षा गर्ने तयारी छ । जसबाट उनीहरूलाई अप्रिल २०२६ देखि दिइने तलब निर्धारण गरिनेछ ।

बेलायती सांसदहरुको तलब समिक्षाका क्रममा विभिन्न आधारहरुको विश्लेषण गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय रूपमा निर्वाचित राजनीतिज्ञहरूले पाउने तलबसंग समेत तुलना गरेर बेलायती सांसदहरूलाई तलब निर्धारण हुने गरेको छ ।

विगतमा बेलायती सांसदहरूको तलब निर्धारण गर्ने अधिकार सांसदहरुमै थियो। तर सन् २००९ को भएको सांसदहरुको खर्चसम्बन्धि ‘स्क्यान्डल’ पछि भने यो प्रक्रियालाई थप पारदर्शी र स्वतन्त्र बनाउने प्रयासमा ‘इप्सा’ स्थापना गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register